पुस महिनामा वाणिज्य बैंकहरुले गरे ९३ अर्ब ६७ करोड रुपैयाँ कर्जा प्रवाह, कुन बैंककाे कति ?

काठमाडाैं, ९ माघ । चालु आर्थिक वर्षकाे पुस महिनामा वाणिज्य बैंकहरूकाे कर्जा लगानीमा सुधार देखिएकाे छ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले पुस महिनामा ९३ अर्ब ६७ कराेड ऋण लगानी गरेका छन् । वाणिज्य बैंकहरूले असाेजमा ५६ अर्ब र मंसिरमा ४२ अर्ब रूपैयाँ कर्जा लगानी गरेका थिए ।
२० वटा वाणिज्य बैंकमध्ये कृषि विकासबाहेक १९ बैंकले ऋण बढाएका छन्। पुसमा एभरेष्ट बैंकले सबैभन्दा धेरै १२ अर्ब ३१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने दाेस्राेमा राष्ट्रिय वाणिज्य बैंकले १० अर्ब ६६ कराेड रूपैयाँ कर्जा लगानी गरेकाे छ ।
यस्तै नबिल बैंकले ९ अर्ब ५३ करोड, लक्ष्मी सनराइज बैंकले ७ अर्ब ९१ करोड र सिटिजन्स बैंकले ५ अर्ब ९९ करोड,एनएमबी बैंकले ४ अर्ब ९९ कराेड, प्राइम कमर्सियल ४ अर्ब ४२ कराेड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब १८ कराेड, ग्लाेबल आइएमइ बैंकले ४ अर्ब ८ कराेड र नेपाल एसबिआइ बैंकले ४ अर्ब ७ कराेड रूपैयाँ कर्जा लगानी गरेका छन् ।
यस्तै पुसमा नेपाल बैंकले ३ अर्ब ९९ कराेड, एनआइसी एसिया बैंकले ३ अर्ब ७७ कराेड, सिद्धार्थ बैंकले ३ अर्ब ३६ कराेड, बैंकले ३ अर्ब ७७ कराेड, हिमालयन बैंकले ३ अर्ब ८ कराेड, सानिमा बैंकले ३ अर्ब ०६ कराेड र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३ अर्ब ०१ कराेड रूपैयाँ कर्जा प्रवाह गरेकाे छ ।
पुसमा कुमारी बैंकले सबैभन्दा कम १४ करोड कर्जा प्रवाह गरेको छ भने माछापुच्छ्रे बैंकले १ अर्ब८ कराेड र प्रभु बैंकले २ अर्ब ६३ कराेड कर्जा प्रवाह गरेकाे छ। यता कृषि विकास बैंककाे कर्जा चने पुसमा १ करोडले खुम्चिएको छ।