मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट
![मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट](https://arthakoartha.com/wp-content/uploads/2024/02/gold-and-silver.jpg)
काठमाडाैं, १५ माघ । मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९ सय रूपैयाँले घटेर १ लाख ५९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । साेमबार यो मूल्य प्रतितोला १ लाख ६० हजार १ सय रूपैयाँ थियो ।
त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि ताेलामा १५ रूपैयाँले घटेको छ । साेमबार प्रतितोला १ हजार ८ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८ सय ३५ रूपैयाँमा झरेको छ ।