अर्थ मन्त्रालयले भन्याे- यूएसएआईडी अन्तर्गत सञ्चालनमा रहेका कुनै पनि कार्यक्रम अघि नबढाउनु
![अर्थ मन्त्रालयले भन्याे- यूएसएआईडी अन्तर्गत सञ्चालनमा रहेका कुनै पनि कार्यक्रम अघि नबढाउनु](https://arthakoartha.com/wp-content/uploads/2025/01/mof.jpg)
काठमाडाैं, १५ माघ । अर्थ मन्त्रालयले अमेरिकी सहयोग ‘यूएसएआईडी’ अन्तर्गत सञ्चालनमा रहेका कुनै पनि कार्यक्रम अघि नबढाउन निर्देशन दिएको छ ।
यूएसएआईडी र नेपाल सरकारबीच ०५ मे २०२२ मा हस्ताक्षरित विकास उद्देश्य सम्झौता मार्फत नेपाललाई प्राप्त भएको अनुदान सहायता मध्ये बजेट प्रणाली मार्फत सर्वसंचित कोषबाट भुक्तानी हुने प्रकृतिका (चार वटा आयोजनाहरु क्रमशः यूएसएआईडी स्वास्थ्य प्रत्यक्ष वित्त परियोजना, यूएसएआईडी कृषि प्रत्यक्ष वित्तिय परियोजना, यूएसएआईडी शिक्षा प्रत्यक्ष वित्त परियोजना यूएसएआईडी इन्क्लुसिभ नीति प्रत्यक्ष वित्त परियोजनामा प्राप्त अनुदान सहयाेग ९० दिनका लागि स्थगित भएकाे यूएसएआईडीले पत्र मार्फत जानकारी गराएकाे हाे ।
अर्थ मन्त्रालयले आज सूचना निकालेर स्थगित भएका आयोजनाअन्तर्गत यूएसएआईडी स्रोततर्फ कुनै पनि दायित्व सिर्जना हुनेगरी काम नगर्न सम्बद्ध सबै निकायलाई निर्देशन दिएको हो ।