बिहिबार सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो
काठमाडाैं, १७ माघ । बिहिबार नेपाली बजारमा सुन मूल्य घटेकाे छ भने चाँदीको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ सय रूपैयाँले घटेर १ लाख ६० हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार यो मूल्य प्रतितोला १ लाख ६० हजार ६ सय रूपैयाँ थियो ।
त्यस्तै, बिहिबार चाँदीको मूल्य ताेलामा ३० रूपैयाँले बढेकाे छ । बुधबार प्रतितोला १ हजार ८ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८ सय ८५ रूपैयाँमा बढेकाे छ ।