अमेरिकी अदालतको आदेशपछि ह्वाइटहाउसले वैदेशिक अनुदान रोक्ने निर्णय स्थगित
काठमाडौं, १७ माघ । अमेरिकी ह्वाइटहाउसले वैदेशिक अनुदान सहयोग रोक्ने निर्णय स्थगित गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको ९० दिनसम्म विदेशी अनुदान वितरण स्थगित गर्ने निर्णय अदालतको आदेशपछि कार्यान्वयनमा नआउने भएको हो ।
डिस्ट्रिक्ट कोर्टका न्यायाधीश लोरेन अली खानको इजलासले ट्रम्पको निर्णय तत्काल लागू नगर्न आदेश दिएपछि ह्वाइटहाउस निर्णयबाट पछि हटेको बीबीसीले जनाएको छ ।
ट्रम्पले २० जनवरीमा पदभार ग्रहण गरेपछि वैदेशिक अनुदान स्थगित गर्ने आदेशमा हस्ताक्षर गरेका थिए । यो निर्णय कार्यान्वयन भएमा अमेरिकाको सहयोगमा सञ्चालन भइरहेका स्वास्थ्य, शिक्षा र विकास परियोजनामा संकट आउने र लाखौं व्यक्तिको रोजगारी प्रभावित हुने चिन्ता व्यक्त हुँदै आएको थियो ।