सुनको मूल्य स्थिर, कतिमा हुँदैछ किनबेच ?

काठमाडाैं, २१ माघ । साेमबार नेपाली बजारमा सुनकाे मूल्य स्थिर रहेकाे छ भने चाँदीकाे मूल्य घटेकाे छ। आइतबार ताेलामा २ हजार ३ सय रूपैयाँले बढेकाे सुनकाे मूल्य आज भने स्थिर रहेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सुन साेहि मूल्यमा कारोबार भएको थियो ।
यता साेमबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ८ सय ९५ मा कारोबार भइरहेको छ । साेमबार सोही परिमाणको चाँदी १ हजार ९ सय १० रुपैयाँमा कारोबार भएको थियो ।