बुधबार नेपाली बजारमा सुन-चाँदीको मूल्य वृद्धि, सुन तोलामा २,२०० रूपैयाँले महँगियो
काठमाडाैं, २३ माघ । बुधबार नेपाली बजारमा सुन-चाँदीकाे मूल्य बढेकाे छ । मंगलबार प्रतितोला १ हजार ९ सय रूपैयाँ बढेको यसदिन प्रतितोला २ हजार २ सय रूपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ६४ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै बुधबार चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेर १ हजार ९ सय ७५ मा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला १ हजार ९ सय ३० रूपैयाँमा कारोबार भएको थियाे ।