Date

शनि, जेष्ठ ३१, २०८२
Sat, June 14, 2025

रेमिट्यान्स आप्रवाहमा वृद्धि, पुस महिनामै एक खर्ब २२ अर्ब नाघ्यो

रेमिट्यान्स आप्रवाहमा वृद्धि, पुस महिनामै एक खर्ब २२ अर्ब नाघ्यो

काठमाडौं, २३ माघ । चालु आर्थिक वर्षको पुस महिनामा मात्रै एक खर्ब २२ अर्ब ६५ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यो रकम मंसिर महिनाको तुलनामा ४ अर्ब रुपैयाँले बढी हो ।

यसअघि, चालु आर्थिक वर्षको मंसिर महिनामा मात्रै एक खर्ब १८ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स स्वदेश भित्रिएको थियो । पछिल्ला केही महिनामा रेमिट्यान्स आप्रवाह निरन्तर वृद्धि हुँदै गएको देखिएको छ । चालु आवको कात्तिक महिनाको तुलनामा मंसिरमा ४ अर्बले बढेको रेमिट्यान्स, मंसिरको तुलनामा पुस महिनामा पनि सोही दरमा बढेको राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले वृद्धि भई ७ खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.२ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा हेर्दा, विप्रेषण आप्रवाह १.१ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड पुगेको छ । गत आर्थिक वर्षमा यस्तो आप्रवाह १९.५ प्रतिशतले वृद्धि भएको थियो ।

त्यस्तै, चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा खुद द्वितीय आय (खुद ट्रान्सफर) ८ खर्ब ३२ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो आय ७ खर्ब ९९ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो ।

वैदेशिक रोजगारीमा जानेको संख्यामा पनि वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ३० हजार ४३९ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६२ हजार ६२८ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिनेको संख्या २ लाख ६ हजार ३९० र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३३ हजार ९४० थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *