Date

बिहि, माघ २४, २०८१
Thu, February 6, 2025

सन नेपाल लाइफले समता फाउण्डेसनलाई शिक्षा क्षेत्रमा रु. ५ लाख सहयोग गर्यो

सन नेपाल लाइफले समता फाउण्डेसनलाई शिक्षा क्षेत्रमा रु. ५ लाख सहयोग गर्यो

काठमाडौं, २४ माघ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत समता फाउण्डेसनलाई शिक्षा क्षेत्रमा रु. ५ लाख को आर्थिक सहयोग गरेको छ । यो रकम फाउण्डेसनमा अध्ययनरत विद्यार्थीहरूको शिक्षा प्रवर्द्धनमा खर्च गरिनेछ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले एक कार्यक्रमको अवसरमा उक्त रकम समता फाउण्डेसनका प्रतिनिधि दिपक बस्नेतलाई हस्तान्तरण गरेका थिए । यस अवसरमा उनले शिक्षा क्षेत्रमा योगदान पुर्याउन पाउँदा कम्पनी खुशी छ भने विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा यो सहयोगले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

समता फाउण्डेसनले सबैका लागि शिक्षा सहज र सुलभ बनाउने उद्देश्यले कार्य गर्दै आएको छ । सन नेपाल लाइफले यसैगरी शिक्षा, स्वास्थ्य र समाजसेवा जस्ता क्षेत्रमा सक्रियता बढाउँदै आएको छ । कम्पनीले आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने प्रतिबद्धता दोहोर्याएको छ ।

सन नेपाल लाइफले नेपालभर १३९ शाखा तथा उपशाखा कार्यालयहरू मार्फत जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ भने समाजमा सकारात्मक परिवर्तन ल्याउने दिशामा पनि सक्रिय भूमिका निर्वाह गर्दै छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x