Date

बुध, माघ ३०, २०८१
Wed, February 12, 2025

मर्क्योर काठमाडौं होटलको भ्यालेन्टाइन डे विशेष अफर सार्वजनिक

मर्क्योर काठमाडौं होटलको भ्यालेन्टाइन डे विशेष अफर सार्वजनिक

काठमाडौं, ३० माघ । रोमान्स र भव्यताका साथ यस भ्यालेन्टाइन डेमा मर्क्योर काठमाडौँ सुकेधारा हाइट्समा शानदार तरिकाले प्रेमको उत्सव मनाउन हाेटलले विभिन्न अफरहरू सार्वजनिक गरेकाे छ।

एकोरद्वारा व्यवस्थित मर्क्योर काठमाडौँ क्युरेट गरिएका डाइनिंग अनुभव र विशेष रोमान्टिक स्टे प्याकेजहरू सहितको असाधारण उत्सवमा रमाउन सबै जोडीहरूलाई हार्दिक आमन्त्रण गरेकाे छ।

काठमाडौँ उपत्यका र नजिकका हिमालहरूको मनमोहक दृश्यहरूको बीचमा अवस्थित मर्क्योर काठमाडौँले  क्यान्डल लाइट डिनर, रुफटपको घनिष्ठ अनुभव अथवा लक्जरियस ओभरनाइट रिट्रीट, हरेक अनुभवका साथ उत्कृष्ट वातावरण प्रस्तुत गर्ने जनाएकाे छ।

डाइन – “अ भ्यालेन्टाइन्स सेलिब्रेसन, डेलिसियस्ली योर्स”
हाम्रो दिनभरि चल्ने रेस्टुरेन्ट डाइनमा एक भव्य बुफे डिनरको मज्जा लिन सक्नेछन् जहाँको रातो र सुनौलो रङको आकर्षक सजावट, मैनबत्तीको झिलिमिली र सुन्दर फूलहरूको संयोजनले रोमान्टिक वातावरण सिर्जना गर्नेछ। पाहुनाहरूले लाइभ म्युजिकको आनन्द लिँदै स्पार्कलिंग वाइन, हाउस ककटेल वा मकटेलसँग स्वादिष्ट परिकारहरूको पनि आनन्द लिन सक्नेछन्। जसका लागि एक जाेडीले ७ हजार ९ सय ९९ रूपैयाँ रिर्नुपर्ने छ ।

शुक्र बार – “सेलिब्रेट लभ अबोभ द सिटि लाइट्स”
एक मनमोहक रुफटप डाइन अनुभवको लागि शुक्र बारले ९० मिनेटका लागि असीमित पास-अराउन्ड स्न्याक्स र अनलिमिटेड अल्कोहलिक बेभेरेजहरूको साथमा एक घनिष्ठ सेटिंग प्रस्तुत गर्नेछ। लाइभ म्युजिकले वातावरणलाई मन्त्रमुग्ध बनाई अति रोमान्टिक वातावरणको सिर्जना गर्नेछ।जसका लागि एक जाेडीले १२ हजार ९ सय ९९ रूपैयाँ रिर्नुपर्ने छ ।

भ्यालेन्टाइनका स्टे प्याकेजहरू
रोमान्टिक भ्यालेन्टाइन रुम प्याकेजः आराम र लक्जरीको उत्तम समिश्रणको आनन्द सहित आफ्नो प्रियजनलाई उत्कृष्ट भोजन अनुभवसँगै थप रोमान्टिक ओभरनाइट स्टे सुविधा रहेकाे छ । जसका लागि
एक जाेडीले १७ हजार ९ सय ९९ रूपैयाँ रिर्नुपर्ने छ ।

नाइट टू रिमेम्बर ( द अल्टिमेट रोमान्टिक एस्केप
लक्जरियस रिट्रीट खोज्नेहरूका लागि यो प्याकेजमा ब्रेकफास्टको मज्जाका साथमा रोमान्टिक नाइट स्टे पनि समावेश हुनेछ जसले जोडीहरूलाई अविस्मरणीय अनुभव प्रदान गर्नेछ। जसका लागि एक जाेडीले २२ हजार ९ सय ९९ रूपैयाँ रिर्नुपर्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x