अध्यक्ष डा बद्री केसी उद्योग वाणिज्य प्रवर्द्धन सम्वाद परिषदको पदेन सदस्यमा मनोनयन
काठमाडौं, ३० माघ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीलाई सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग वाणिज्य प्रवद्र्धन सम्वाद परिषदको पदेन सदस्यमा मनोनयन गर्नुभएको छ । उद्योग वाणिज्य प्रबद्र्धन सम्वाद परिषद् (गठन) आदेश, २०७५ बमोजिम मिति २०८१\९र५ मा भएको निर्णयानुसार अध्यक्ष डा केसीलाई उद्योग वाणिज्य प्रवर्द्धन सम्वाद परिषदको पदेन सदस्यमा मनोनयन गरिएको हो ।
अध्यक्ष डा बद्री केसीले मनोनयनको लागि प्रधानमन्त्रीप्रति धन्यवाद व्यक्त गरे । उनले भने,‘गैरआवासीय नेपाली संघको अध्यक्षको हैसियतले मलाई उक्त समितिको सदस्य मनोनयन गरेकोमा प्रधानमन्त्रीज्यूसहित समस्त नेपाल सरकारलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।ʼ
सार्वजनिक–निजी क्षेत्रबीच नियमित संवाद गरी आर्थिक विकासमा सहयोग पु¥याउन २०७५ असोज ५ गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम जारी भएको गठन आदेशका आधारमा उक्त परिषद् सञ्चालनमा आएको हो ।
परिषद्को सदस्यमा गैरआवासीय नेपाली संघ,नेपाल उद्योग वाणिज्य महासंघलगायत राष्ट्रिय संस्था र व्यावसायिक प्रतिनिधिलाई प्रधानमन्त्रीले हालै मनोनयन गरेपछि परिषद्को पहिलो बैठक मंगलबार ९माघ २९,२०८१० सम्पन्न भएको छ ।
उक्त बैठकमा सरकारका तर्फबाट भएका आर्थिक एवं प्रशासनिक सुधारका प्रयासहरु, अध्यादेशमार्फत २९ कानुनमा गरिएको संशोधन र त्यसका सकारात्मक प्रभावहरु, विकास निर्माणमा भएका प्रगतिहरु, स्टार्ट अप र व्यापार सहजीकरणका लागि गरिएका पहलबारे अवगत गराइएको थियो।
बैठकले उत्पादन, पूर्वाधार, सामाजिक, व्यापार, निर्यात र शासकीय तथा प्रशासनिक गरी विभिन्न क्षेत्रमा परिषद्अन्तर्गतको समिति गठन गर्ने निर्णय गरेको छ । ती समितिले क्षेत्रगत समस्या र समाधानका विषयमा छलफल गरी परिषद्लाई सुझाव दिनेछन् ।
अध्यक्ष डा केसीले परिषद्को बैठकमा मंगलबार आफ्नो सुझाव पेश गर्दै गैरआवासीय नेपालीहरुलाई लगानीका लागि आकर्षित तथा प्रोत्साहित गर्न संविधान प्रदत्त आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।