फागुनमा अधिकांश वाणिज्य बैङ्कको ब्याजदर स्थिर, कुन बैंकको कति ?
![फागुनमा अधिकांश वाणिज्य बैङ्कको ब्याजदर स्थिर, कुन बैंकको कति ?](https://arthakoartha.com/wp-content/uploads/2024/07/bank-1.jpg)
काठमाडाैं, १ फागुन । फागुन महिनामा अधिकांश वाणिज्य बैंकहरूले मुद्दती निक्षेपकाे ब्याजदर यथावत राखेका छन् । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंक मध्ये फागुनका लागि १९ वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको अधिकतम ब्याजदर यथावत राखेका छन्।
फागुनमा ग्लोबल आइएमई बैंकले भने ब्याजदर ५.७५ प्रतिशतबाट ६ प्रतिशत पुर्याएको छ।यस्तै एनआईसी एसिया बैंकको ब्याजदर सबैभन्दा धेरै ६.६ प्रतिशत, कृषि विकास बैंकले फागुनका लागि ५.५१ प्रतिशत ब्याजदर कायम गरेको छ।
यस्तै नबिल बैंककाे ५.७५, नेपाल इन्भेष्टमेन्ट मेगा बैंककाे ६.६, माछापुच्छ्रे बैंककाे ६, हिमालयन बैंककाे ६.२५, नेपाल एसबिआइकाे ५.५, एभरेष्ट बैंककाे ६, स्ट्यान्डर्ड चार्टर्डकाे ६.२५, लक्ष्मी सन्राइजकाे ५.७५ कुमारी बैंककाे ५.९१ सिद्धार्थ बैंककाे ६, सानिमा बैंककाे ६.०५, एनएमबी बैंककाे ६.६, प्रभु बैंककाे ६.१, सिटिजन बैंककाे ६.६५, प्राइम कमर्सियल बैंककाे ६.२५, नेपाल बैंककाे ५.६ र राष्ट्रिय वाणिज्य बैंककाे ६ प्रतिशत ब्याजदर कायम भएको छ।