आज एकैदिन ताेलामा २३०० रूपैयाँले बढ्याे सुनकाे मूल्य
![आज एकैदिन ताेलामा २३०० रूपैयाँले बढ्याे सुनकाे मूल्य](https://arthakoartha.com/wp-content/uploads/2024/07/Gold.jpg)
काठमाडाैं, १ फागुन । बिहीबार पनि नेपाली बजारमा सुनचाँदीकाे मूल्यमा भारी गिरावट आएको छ । बुधबार ताेलामा २७०० रूपैयाँले घटेकाे सुनकाे मूल्य बिहिबार पनि एकै दिन २ हजार ३०० रूपैयाँले घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने प्रतितोला ३५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९६५ रुपैयाँमा किनबेच भइरहेको छ । बुधबारको बजारमा चाँदी एक हजार ९३० रुपैयाँमा खरिदबिक्री भएको थियो ।