आइतबार सुनचाँदीकाे मूल्यमा भारी गिरावट

काठमाडाैं, ४ फागुन । आइतबार नेपाली बजारमा सुनको मूल्य भारी अंकले घटेको छ । गत शुक्रबार ताेलामा ४०० रूपैयाँले बढेकाे सुनकाे भाउ आज एकैदिन २ हजार ७०० रूपैयाँले घटेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतिताेला एक लाख ७० हजार दुई सय रुपैयाँमा काराेबार भएकाे छापावाल सुन आज ताेलाकाे १ लाख ६७ हजार ५ सय रुपैयाँ निर्धारण भएकाे छ ।
यता आज चाँदीकाे भाउ पनि ताेलामा १५ रूपैयाँले घटेकाे छ । गत शुक्रकार प्रतिताेला एक हजार नौ सय ७० रुपैयाँमा काराेभार भएकाे चाँदी आज ताेलाकाे १९५५ रुपैयाँ कायम भएको छ ।