Date

शुक्र, फाल्गुन ९, २०८१
Fri, February 21, 2025

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत अर्थमन्त्री सँगकाे भेटघाट पूर्ण रुपमा बन्द

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत अर्थमन्त्री सँगकाे भेटघाट पूर्ण रुपमा बन्द

काठमाडाैं, ४ फागुन । राष्ट्रपति रामचन्द्र पौडेल कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको अवस्थाबारे जानकारी लिएका छन् ।

पोखरा पर्यटन वर्षको उद्घाटनका क्रममा बेलुनमा लागेको आगोमा परि घाइते भएका अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिकाका प्रमुख आचार्यको स्वास्थ्य अवस्थाबारे राष्ट्रपति पाैैडेलले जानकारी लिएका हुन् ।

अर्थमन्त्री पौडेलको हत्केला र अनुहार जलेको छ यद्यपि, अवस्था भने जोखिममुक्त रहेको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार आज घाउको ड्रेसिङ भएपछि अद्यावधिक गरिने र हाललाई अवस्था सामान्य भए पनि संक्रमण हुने भएको हुँदा अर्को सूचना जारी नभएसम्म भेटघाट पूर्ण रुपमा बन्द गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x