Date

बुध, फाल्गुन ७, २०८१
Wed, February 19, 2025

धौलागिरी लघुवित्तद्वारा अशक्तलाई ह्वीलचेयर वितरण

धौलागिरी लघुवित्तद्वारा अशक्तलाई ह्वीलचेयर वितरण

वाग्लुङ, ४ फागुन । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मालिका–५, पञ्चासेका एक अशक्त महिलालाई ह्वीलचेयर प्रदान गरेको छ । संस्थाले शनिबार स्थानिय निशा केसीको घरमा नै पुगेर उक्त ह्वीलचेयर वितरण गरेको हो ।

सो कार्यक्रममा संस्थाका अध्यक्ष श्रृजना थापा, संचालक रेशमलाल सापकोटा, पुर्वसंचालक कृष्णराज शर्मा, कायम मुकायम प्रमुख कार्यकारी अधिकृत शिबराम जोशी तथा स्थानीय समाजसेवी र बुद्धिजिवीहरूको उपस्थिति रहेको थियो ।

सो अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत जोशीले संस्थाले हाल सदस्यहरूको हितलाई प्राथमिकतामा राख्दै विभिन्न सामाजिक उत्तरदायित्व लगायत अन्य कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बताए । यसैबीच, संस्थाले यही फागुन १० गते वार्षिक साधारण सभा गर्ने तयारी गरेको उनले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x