नेप्से २९.८७ अंकले उकालो, १० अर्ब माथिको कारोबार

काठमाडाैं, ५ फागुन । साेमबार नेपाल स्टक एक्सचेञ्ज नेप्से २९.८७ अंकले बढेकाे छ । आज सेयर बजार मापक नेप्से परिसुचक १.१० प्रतिशतले बढेर २ हजार ७ सय २७ बिन्दुमा पुगेको छ ।
यस दिन १ करोड ८० लाख ८१ हजार १६९ कित्ता सेयर १० अर्ब ४ करोड ९६ लाख ५४ हजारमा कारोबार भएको छ । आइतबार २ करोड ९ लाख ९४ हजार कित्ता शेयर ९ अर्ब ४७ करोड ३ लाख ८ हजारमा कारोबार भएको थियो ।
आज कारोबार भएको बजारमा १६६ कम्पनीको सेयर मुल्य बढेको छ भने ७४ वटाको घटेको छ । यस्तै ४ सेयरको मूल्य स्थिर रहेको छ ।
यस दिन वीन नेपाल लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, कुथेली बुखारी साना जलविद्युत, एक्सेल विकास बैंक, गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स र दिव्येश्वरी हाइड्रोपावरकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ग्लोबल आईएमई ब्यालेन्स फण्ड-१ काे सेयर मुल्य ९.४९ प्रतिशतले बढेको छ ।
यस्तै आज सप्तकोशी विकास बैंककाे सेयर मूल्यमा नकारात्मक सर्किट लागेकाे छ ।