Date

शनि, फाल्गुन १०, २०८१
Sat, February 22, 2025

मुलुकका बैंक तथा वित्तिय संस्था जोखिम बहन गर्न सक्षम भएको नियामकको दाबी (भिडियाे)

मुलुकका बैंक तथा वित्तिय संस्था जोखिम बहन गर्न सक्षम भएको नियामकको दाबी (भिडियाे)

काठमाडाैं, ६ फागुन । नेपाल राष्ट्र बैंकले मुलुकको बैंक तथा वित्तिय संस्थाको जोखिम बहन गर्ने क्षमता सुदृढ भएको स्पष्ट पारेको छ । मुलुकमा पारदर्शी र व्यवस्थित रुपमा सञ्चालन भइरहेका बैंक तथा वित्तिय संस्थामाथि लामो समयदेखि भ्रामक र गलत अभिव्यक्ति दिँदै सर्वसाधारणलाई त्रसित बनाउने काम भइरहेको भन्दै केन्द्रिय बैंकले यस्ता क्रियाकलाप नगर्न आग्रह गरेको हो ।

राष्ट्र बैंकले मुलुकका बैंक तथा वित्तिय संस्थाहरुको क्लोज मनिटरिङ अर्थात नियमित निरिक्षण र सुपरिवेक्षण गरिरहेको र उनीहरुको प्राथमिक पूँजी, पूँजीकोषको पर्याप्तता, सम्पतिको गुणस्तर, तरलता व्यवस्थापन तथा सिडि रेसियो लगायतको व्यवस्था पर्याप्त रहेको जनाएको छ । पछिल्लो केहि वर्षयता बैंक तथा वित्तिय संस्थाहरुको मुनाफा र आम्दानीमा केहि गिरावट आए पनि बैंकहरु सक्षम र सुरक्षित रहेको नेपाल राष्ट्र बैंककाे बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बताए ।

केही समय अघि लघुवित्त र बैंकको ऋण तिर्नु पर्दैन भनेर विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाइँले अभियान नै चलाएका थिए भने पछिल्लो समय पाथीभरा केवलकार निर्माणको विषयलाई लिएर ग्लोबल आइएमई बैंकमाथि निसाना साँध्न थालिएको छ । बैंक तथा वित्तिय संस्था विरुद्ध आइरहेका पछिल्ला हल्लाहरुले बैंकहरु डुब्ने तथा निक्षेपकर्ताको निक्षेप जोखिममा पर्ने हल्लाले समग्र बैंकिङ क्षेत्रमा दवाव सिर्जना भएको छ ।

यता गत पुसमा नेपाल राष्ट्र बैंकले कणाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गर्दै व्यवस्थापन नियन्त्रणमा लिएसँगै बैंक तथा वित्तिय संस्था माथिको गलत प्रचारले थप प्रशय पाएको छ । कर्णाली विकास बैंकका सन्दर्भमा संस्थागत शुसाशनमा निकै कमजोरी देखिएकाले समस्याग्रस्त बने पनि निक्षेपकर्ताको निक्षेप पूर्ण रुपमा सुरक्षित रहने र संस्थाले निक्षेप र्फिता गर्न नसके पनि स्वतः निक्षेप सुरक्षणबाट फिर्ता हुने जनाइएको छ । नेपालको बैंकिङ इतिहाँसमा बैंक तथा वित्तिय संस्था समस्यामा परेकै कारण निक्षेपकर्ताको निक्षेप डुबेको अवस्था नरहेको राष्ट्र बैंकको दावी छ ।

कुनै पनि मुलुकको अर्थतन्त्र बलियो हुन उक्त मुलुकका बैंक तथा वित्तिय संस्थाको भूमिका महत्वपूर्ण हुन्छ । वित्तिय संस्थाको अभावमा सबल अर्थतन्त्रको परिकल्पना समेत गर्न सकिदैन । मुलुकमा आर्थिक गतिविधी चलायमान बन्न मुलुकको वित्तिय प्रणाली स्वस्थ र सक्षम बन्न जरुरी छ । यद्यपी यस्ता नकारात्मक हल्लाहरुले एउटा स्वस्थ र सक्षम वित्तिय प्रणाली प्रभावित हुन सक्ने भन्दै कुनै एउटा संस्थामा समस्या पर्यो भने गुनासो गर्ने तथा कानूनी कारवाहिका पाटाहरुमा जान सकिने बताइएको छ । हल्लाको भरमा मात्र वित्तिय संस्थालाई काम गर्नबाट बञ्चित गर्ने, संस्थामा तोडफोड गर्ने, कर्मचारीहरुलाई तर्साउने तथा धम्क्याउने जस्ता अराजक क्रियाकलाप नगर्न आग्रह गरिएको छ ।

आम सर्वसाधारण लगानीमा सञ्चालीत बैंक तथा वित्तिय संस्थाहरु सार्वजनिक निकाय हुन् ।२०८१ साल असार मसान्तदेखि हालसम्म नेपालका बैंक तथा वित्तिय संस्थाहरुले २ खर्ब २५ अर्ब निक्षेप वृद्धि भएको छ भने २ खर्ब ६५ अर्बले कर्जा बढेको छ ।

करिब ५ खर्ब पूजी रहेका नेपालका बैंक तथा वित्तिय संस्थाहरुले सर्वसाधारणको ६६ खर्ब भन्दा बढी निक्षेप परिचालन गरेका छन् । तसर्थ राष्ट्र बैंकले सार्वजनिक गरेका सूचक र सूचनाभन्दा बाहिरका भ्रामक सुचनाहरुलाई आधार नमान्न बैंकले आग्रह गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x