नेप्से १२.६८ अंकले उकालो, १० अर्ब माथिको कारोबार

काठमाडाैं, ६ फागुन । मंगलबार नेपाल स्टक एक्सचेञ्ज नेप्से १२.६८ अंकले बढेकाे छ । आज सेयर बजार मापक नेप्से परिसुचक ०.४३ प्रतिशतले बढेर २ हजार ७ सय ४० बिन्दुमा पुगेको छ ।
यस दिन १ करोड ८२ लाख ३० हजार ३०२ कित्ता सेयर १० अर्ब ४३ करोड ७० लाख ६ हजारमा कारोबार भएको छ । साेमबार १ करोड ८० लाख ८१ हजार १६९ कित्ता सेयर १० अर्ब ४ करोड ९६ लाख ५४ हजारमा कारोबार भएको थियो ।
आज कारोबार भएको बजारमा ८७ कम्पनीको सेयर मुल्य बढेको छ भने १४९ वटाको घटेको छ । यस्तै ८ सेयरको मूल्य स्थिर रहेको छ ।
यस दिन वीन नेपाल लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपाल लिमिटेडकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने गार्जियन माइक्रो लाइफ इन्स्योरेन्सकाे सेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ ।
यस्तै आज सप्तकोशी विकास बैंक र १०.२५% के बि एल काे सेयर मूल्यमा नकारात्मक सर्किट लागेकाे छ ।