Date

शुक्र, फाल्गुन ९, २०८१
Fri, February 21, 2025

एनएमबि हाईब्रिड फण्ड एल – २ को इकाईमा भोलि सम्म आवेदन दिन सकिने

एनएमबि हाईब्रिड फण्ड एल – २ को इकाईमा भोलि सम्म आवेदन दिन सकिने

काठमाडाैं, ७ फागुन । एनएमबि क्यापिटलले माघ २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष एमएबि हाईब्रिड फण्ड एल २ को इकाई खरिदका लागि भोलि फागुन ८ गतेसम्म आवेदन दिन सकिने छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनएमबि हाईब्रिड फण्ड एल २ दश वर्षे बन्दमुखी योजना हो । साथसाथै, यो योजना हाईब्रिड प्रकृतिको भएकाले सामान्यतया इक्विटी फण्डभन्दा तुलानात्मक रुपामा कम जोखिम हुने गर्दछ । उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म अर्थात प्रति इकाई रु १० का दरले रु १ हजार देखि रु १२ करोड सम्मको आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

फण्डले १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाई कोष प्रवर्धक कम्पनी एनएमबि बैंकलाई र १ प्रतिशत अर्थात १२ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो । फण्डको कुल १२ करोड इकाई मध्य कोष प्रवर्धक र योजना व्यवस्थापकले सम्पूण बीज पूँजी बराबरको १ करोड ८० लाख इकाई र ५८,४४० सर्बसाधारण/संस्थागत लगानीकर्ताहरुबाट १० करोड १५ लाख इकाईको लागि आवेदन प्राप्त भएको छ ।
म्युचुअल फण्ड निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले कोष प्रबद्र्धकलाई [ICRANP-IR] A- प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई[ICRANP] AMC Quality 2 रेटिङ्ग प्रदान गरेको छ । यस रेटिङ्गले योजना व्यवस्थापकको व्यवस्थापन गुणस्तरमा उच्च विश्वास रहेको संकेत गर्दछ ।

उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ मार्फत अनलाइन आवेदन दिन सकिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x