Date

मङ्ल, पुस १, २०८२
Tue, December 16, 2025

आगामी आर्थिक वर्षका लागि १९ खर्ब रुपैयाँ हाराहारीको बजेट सीमा निर्धारण

आगामी आर्थिक वर्षका लागि १९ खर्ब रुपैयाँ हाराहारीको बजेट सीमा निर्धारण

काठमाडाैं, ७ फागुन । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब रुपियाँ हाराहारीको बजेट सीमा निर्धारण गरेको छ । अर्थ मन्त्रालयलाई राष्ट्रिय स्रोतको अनुमान तथा खर्च सीमा निर्धारण समितिको प्रतिवेदन बुझाउँदै आयोगले आउँदो बजेटको सिलिङ करिब १९ खर्बको हुने गरी स्रोत अनुमान गरेको हाे ।

अध्यादेशमार्फत संशोधन गरिएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनमा आयोगले फागुनको पहिलो साताभित्र स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण गरेर अर्थ मन्त्रालयमा पेस गर्नुपर्ने व्यवस्था छ । सोही अनुसार आयोगले खर्चको सीमा निर्धारण गरेको हो ।

स्रोतको व्यवस्थापनका सन्दर्भमा आयोगले विश्वव्यापी रूपमा आएको परिवर्तनलाई पनि ध्यानमा राखेर गरेको आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले बताए ।

सरकारले चालू आर्थिक वर्षमा १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट ल्याएकोमा मध्यावधि समीक्षामार्फत १६ खर्ब ९२ अर्ब रुपैयाँमा झारेको छ । त्यसमा झन्डै १२ प्रतिशत वृद्धि हुने गरी सीमा निर्धारण गरेको योजना आयोगले जनाएको छ ।

आयोगले संवैधानिक निकाय, क्षेत्रगत मन्त्रालय, प्रदेश सरकार, स्थानीय तथा तथा सङ्घीय सञ्चित कोषबाट व्ययभार हुने निकायहरूका लागि खर्चको सीमा तथा स्रोतसँगै मध्यकालीन खर्च संरचनाको खाका तयार पारेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *