Date

शनि, बैशाख २७, २०८२
Sat, May 10, 2025

लगातार चाैथाे दिन पनि बढेकाे सुनकाे मूल्य १ लाख ७१ हजार

लगातार चाैथाे दिन पनि बढेकाे सुनकाे मूल्य १ लाख ७१ हजार

काठमाडाैं, ८ फागुन । पछिल्लाे चार दिनयता नेपाली बजारमा सुनकाे मूल्य लगातार बढिरहेकाे छ । हिजाे बुधबार ताेलामा ११ सय रूपैयाँले घटेकाे सुनकाे मूल्य बिबिबार पनि प्रतिताेला ५०० रूपैयाँले बढेकाे छ ।

गत सोमबार ताेलामा १२ सय रूपैयाँले बढेर १ लाख ६७ हजार ५ सय रुपैयाँ कायम भएकाे सुनकाे भाउ मंगलबार ७ सय रूपैयाँले बढेर १ लाख ६८ हजार २०० रूपैयाँ ताेकिएकाे थयाे । यस्तै बुधबार ताेलामा ११०० रूपैयाँले बढेर एक लाख ७० हजार ५०० मा किनबेच भएको सुन आज बिहिबारका लागि ५०० रूपैयाँले बढेर १ लाख ७१ हजार रूपैयाँ निर्धारण भएकाे छ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि प्रतितोला १० रूपैयाँ बढेको छ। बुधबार प्रतितोला एक हजार नौ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार नौ सय ९५ रूपैयाँ किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *