नेपाल एसबिआई बैंक लि. एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ बाट सम्मानित

काठमाडौं, २० फागुन । नेपाल एसबिआई बैंक लि. कर्पोरेट क्लब नेपाल प्रा. लि. द्वारा प्रदान गरिने “वाणिज्य बैंक” विधा तर्फको “एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४” बाट सम्मानित भएको छ । उक्त प्रतिष्ठत अवार्ड बैंकले नेपाली कर्पोरेट र सामाजिक क्षेत्रमा बर्षौ देखि गरेको महत्वपूर्ण योगदानका लागी प्रदान गरिएको हो । बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कूमार तिवारी र प्रमूख संचालन अधिकृत, विकास आनन्दलाई प्रा. डा. फत्त बहादूर केसी, मूख्य निर्णायकले स्टियरिङ कमिटी अफ द अवार्ड फर कर्पोरेट एक्सिलेन्स द्दण्द्दद्ध का अध्यक्ष मोहनराज ओझाको उपस्थितिमा सो अवार्ड प्रदान गरेका थिए । उक्त कार्याक्रममा नेपाल सरकारका गृह मन्त्री, माननिय रमेश लेखक समेतको उपस्थिति रहेको थियो ।
नेपाल एसबिआई बैंक लि.ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकका १०० शाखा, 22 Extension counters रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय १९ Branchless Banking, 125 ATMs र कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।