नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत चयनका लागि पाँच जना उम्मेदवारको नाम सार्वजनिक

काठमाडौं, ३ चैत । नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन दिएका उम्मेदवारमध्ये पाँच जनाको संक्षिप्त सूची सार्वजनिक गरिएको छ।
नेप्सेले मिति २०८१ फागुन १२ र १८ गते प्रकाशित सूचनाका आधारमा रीतपूर्वक आवेदन दिएका उम्मेदवारहरूको शैक्षिक योग्यता र व्यावसायिक कार्य योजनाको मूल्याङ्कनपछि उच्चतम अंक प्राप्त गर्ने पाँच जनालाई अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि छनोट गरेको हो ।
संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूमा चुडामणी चापागाई, नारद कुमार लुइंटेल, पूर्ण प्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्याल रहेका छन् । यी उम्मेदवारहरूलाई तोकिएको मिति, समय र स्थानमा नागरिकता, शैक्षिक योग्यता तथा कार्य अनुभवका सक्कल प्रमाणपत्रसहित उपस्थित हुन अनुरोध गरिएको छ ।