राष्ट्रियसभाको बैठक बस्दै, बैंकिङ कसुर सम्बन्धी विधेयक पेश हुने

काठमाडौं, ४ चैत्र । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची छ ।
यस्तै, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ९स्थापना र सञ्चालन० विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन् ।