Date

सोम, चैत्र ३, २०८१
Mon, March 17, 2025

७ वटा कम्पनि मार्फत भारतबाट ९० हजार मेट्रिक टन गहुँ ल्याइदै

७ वटा कम्पनि मार्फत भारतबाट ९० हजार मेट्रिक टन गहुँ ल्याइदै

काठमाडौं, ४ चैत्र। भारतबाट कोटाको गहुँ आयात गर्न सरकारले व्यापारिक प्रतिष्ठान छनौट गरेको छ । व्यापारिक प्रयोजनका लागि भारतबाट आयात गर्न लागिएको ९० हजार मेट्रिक टन गहुँ ल्याउन ७ व्यापारिक कम्पनीले अनुमति पाएका छन् ।

भारतले नेपाललाई कोटा सुविधाअन्तर्गत ९० हजार मेट्रिक टन गहुँको सुविधा उपलब्ध गराएको छ ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गहुँ आयात गर्नका लागि सातवटा व्यापारिक प्रतिष्ठान छनोट गर्नुका साथै उनीहरुलाई कोटा पनि प्रदान गरेको छ । छनोटमा परेका व्यापारिक प्रतिष्ठानहरुलाई जनही ३ हजार मेट्रिक टनको दरले कोटा पनि निर्धारत गरिएको छ ।

विभागले गहुँ आयात गर्नको लागि कालीमाटीस्थित विशाल ट्रेड लिंक, कुलेश्वरस्थित श्यामबाबा इन्टरप्राइजेज र गुञ्जेश्वरी ट्रके लिंक, वीरगञ्जस्थित जोश नेपाल ट्रेडर्स, कैलालीस्थित मन्सा इन्टरनेशनल र काठमाडौंको डिल्लीवजारको दुर्गा ब्रदरर्स कन्सर्न र ज्ञान इन्टरपाइजेजलाई छनोट गरेको हो ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x