Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

निःशर्त वार्तामा आउन सरकारको आह्वान डा. केसी पक्षद्वारा अस्वीकार

निःशर्त वार्तामा आउन सरकारको आह्वान डा. केसी पक्षद्वारा अस्वीकार

काठमाडौं,६ साउन । निःशर्त वार्तामा आउन सरकारको आह्वान डा. केसी पक्षद्वारा अस्वीकार गरेको छ । शनिवार साँझ सरकारले वार्ताका लागि आह्वान गरेसँगै केसी पक्षले त्यसलाई विज्ञप्ती मार्फत अस्वीकार गरेको हो ।विज्ञप्तीमा भनिएको छ, ‘सरकारद्वारा गठित टोलीसँग आवश्यक म्यान्डेट नभएको र त्यस अवस्थामा वार्ताकै लागि वार्ता गरिरहँदा मुल्यवान समय खेर गएको छ । त्यसैले सार्थक वार्ताका लागि हाल संसदमा रहेको चिकित्सा शिक्षा विधेयक फिर्ता गर्न र पूर्ण म्यान्डेटसहितको वार्ता टोली पठाउन आग्रह गरिन्छ ।

हिजो सरकारी वार्ता टोलीका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले शनिबार विज्ञप्त जारी गर्दै डा केसी पक्षलाई निःशर्त वार्तामा आउनका लागि आह्वान गरेका थिए ।   संसद्मा पेश भएको चिकित्सा शिक्षा विधेयक फिर्ता वा स्थगित नभएसम्म डा केसीलाई काठमाडाँ नल्याउने र विधेयक फिर्ता नलिएसम्म वार्तामा नबस्ने डा केसी पक्षको वार्ता टोलीको भनाइले वार्ता हुन नसकेको सरकारी वार्ता टोलीको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x