प्रहरीको ३१औं महानिरीक्षकमा दीपक थापालाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, ४ चैत्र । नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आइजिपी) मा दीपक थापा नियुक्त भएका छन् ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई आइजिपी नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पुथ्वी सुब्बा गुरुङले जानकारी गराएका छन् ।
उनले भने, ‘आज बसेको मन्त्रिपरिषद्को बैठकले दीपक थापालाई आईजिपी नियुक्त गर्ने निर्णय गरेको छ ।’
३०औं महानिरीक्षक वसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधि पूरा गरी आज रातिबाट अवकाश हुँदैछन् । केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) प्रमुखका रुपमा कार्यरत एआईजी थापाले भोलि चैत ५ बाट कार्यभार सम्हाल्दैछन् ।