Date

मङ्ल, चैत्र ४, २०८१
Tue, March 18, 2025

स्रोत नखुलेको २५ करोडसहित पक्राउ परेका व्यक्ति सार्वजनिक, (फोटोसहित)

स्रोत नखुलेको २५ करोडसहित पक्राउ परेका व्यक्ति सार्वजनिक, (फोटोसहित)

काठमाडौँ, ५ चैत्र । स्रोत नखु्लेको अन्दाजी २५ करोडसहित पक्राउ परेका ब्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।

चीनको केरुङतर्फ लगिँदै गरेको अवस्थामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक ट्रक सहित करोडौं रकम बरामद गरेको थियो । त्यसपछि सर्वत्र चासो बढ्दै गएपछि मंगलबार प्रहरीले उक्त कारोवारमा संलग्न ब्यक्ति र जफत गरिएको रकम र त्यसका लागि प्रयोग गरेको ट्रक पनि सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर १ बस्ने ४३ वर्षका फुच्चे भन्ने कुसाङ लामा रहेका छन् ।
नियन्त्रण्मा लिएको ट्रकबाट अनुमानित अमेरिकी डलर ३ लाख २० हजार ३८५ र १३ लाख ७५ हजार युरो फेला परेको छ ।

रसुवा नाका हुँदै ट्रकमा युरो र अमेरिकन डलरसहितका विदेशी मुद्रा लगिँदै गरेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गए राति पक्राउ परेको हो । पक्राउ परेको विदेशी मुद्रा नेपालीमा कन्भर्ट गर्दा २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँ हुन आउने प्रहरीले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x