Date

मङ्ल, चैत्र ४, २०८१
Tue, March 18, 2025

साताकाे तेस्राे दिन पनि घट्याे नेप्से, ४ अर्ब ३४ कराेडकाे काराेबार

साताकाे तेस्राे दिन पनि घट्याे नेप्से, ४ अर्ब ३४ कराेडकाे काराेबार

काठमाडाैं, ५ चैत्र । नेपालको सेयर बजारमा आज (मंगलबार)  गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.६६ अंकले घटेर २,६९७.०४ विन्दुमा बन्द भएको छ। यो गिरावट ०.२८ प्रतिशतको हो।

आजको कारोबारमा कुल ४ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने ८२ लाख ३७ हजार ९०२ कित्ता सेयर किनबेच भएका छन् । साेमबार ५ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने ९९ लाख ३५ हजार ८७२ कित्ता सेयर किनबेच भएकाे  थियाे ।

बजारमा आज ८६ कम्पनीको सेयर मूल्य बढेको छ, भने १५२ कम्पनीको सेयर घटेको छ र ५ कम्पनीको मूल्य भने स्थिर रह्यो।

यस दिन कुनै पनि सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छैन भने मिथिला लघुवित्तिय वित्तिय संस्थाकाे सेयर मुल्य ९.९६ प्रतिशतले बढेको छ ।

यस्तै आज कुनै पनि सेयरकाे सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x