Date

बुध, चैत्र ५, २०८१
Wed, March 19, 2025

आज (बुधबार) पनि घट्याे नेप्से, ५ अर्ब १४ करोडकाे काराेबार

आज (बुधबार) पनि घट्याे नेप्से, ५ अर्ब १४ करोडकाे काराेबार

काठमाडाैं, ६ चैत्र । नेपालको सेयर बजारमा आज (बुधबार) गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.८८ अंकले घटेर २,६८२.१५ विन्दुमा बन्द भएको छ। यो गिरावट ०.५५ प्रतिशतको हो।

आजको कारोबारमा कुल ५ अर्ब १४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने ९५ लाख ८३ हजार ८२९ कित्ता सेयर किनबेच भएका छन् । मंगलबार ४ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने ८२ लाख ३७ हजार ९०२ कित्ता सेयर किनबेच भएकाे थियाे ।

बजारमा आज ५३ कम्पनीको सेयर मूल्य बढेको छ, भने १८३ कम्पनीको सेयर घटेको छ र ७ कम्पनीको मूल्य भने स्थिर रह्यो।

यस दिन कुनै पनि सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छैन भने मिथिला लघुवित्तिय वित्तिय संस्थाकाे सेयर मुल्य ९.३९ प्रतिशतले बढेको छ ।

यस्तै आज कुनै पनि सेयरकाे सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x