नाडा र भन्सार विभागबिच बजेट बारे छलफल

काठमाडाैं, ७ चैत्र । आज मिति २०८१ चैत्र ६ गते बुधबार नाडाका महासचिव सरुेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक महेश भट्टराइसंग भेट गरी अटामाेबाइल क्षेत्रका विभिन्न विषयहरूमा छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलकोक्रममा महासचिव सुरेन्द्रकुमार उप्रेतीले नाडाका विभिन्न समितिहरूमा छलफल गरी तयार गरेको आर्थिक वर्ष २०८२/८३ कोबजेट सम्बन्धी सुझावहरू पेश गरे ।
सो भेटघाट तथा छलफलमा महासचिव उप्रेतीले नाडाले स्वच्छ व्यवसायका लागि वातावरण तयार गर्न सरकारलाई सुझाव दिँदै आएको उल्लेख गरे । सोही क्रममा महानिर्देशक भट्टराइरले व्यवसायीहरूले स्वच्छ व्यवसायलाई आत्मसात गर्नुपर्ने बताउनुभयो। सो छलफलमा नाडाका सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, लुब्रिकेन्टस् समितिका उपसभापति दिपक कुमार, सदस्य अमरज्योति रन्जितकर र अंकुर खनाल समेतको उपस्थिति रहेको थियो।