Date

शनि, कार्तिक ८, २०८२
Sat, October 25, 2025

सुनको मूल्य स्थिर, नयाँ रेकर्ड पछिको पहिलो दिन

सुनको मूल्य स्थिर, नयाँ रेकर्ड पछिको पहिलो दिन

काठमाडाैं, ७ चैत्र । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७६ हजार रूपैयाँमा स्थिर रहेको छ। गत मंगलबार र बुधबार लगातार नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज परिवर्तन छैन।

बुधबार पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो, जुन अहिले सम्मकै उच्च मूल्य हो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर भने घटेकाे छ। बुधबार प्रतितोला दुई हजार ४५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला दुई हजार ३० रूपैयाँमा किनबेच भइरहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *