Date

मङ्ल, चैत्र १८, २०८१
Tue, April 1, 2025

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन अवधि १८ घण्टामा वृद्धि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन अवधि १८ घण्टामा वृद्धि

काठमाडाैं, ७ चैत्र । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक १८ घण्टा सञ्चालन हुने भएको छ। आगामी १९ चैतदेखि विमानस्थलको सञ्चालन अवधि बढाउने निर्णय गरिएको हो। यससँगै उडानको संख्या पनि बढ्ने अपेक्षा गरिएको छ।

विमानस्थलको ह्याङ्गर एप्रोन र ट्याक्सीवेको निर्माण कार्यका कारण पछिल्लो समय यसको सञ्चालन अवधि घटाइएको थियो। हाल निर्माणमा प्रगति भएपछि, विमानस्थल दैनिक १६ घण्टा सञ्चालनमा रहेको थियो, जसमा अब थप २ घण्टा लम्ब्याउने तयारी भइरहेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, निर्माण कार्यको ७० प्रतिशत पूरा भइसकेको छ। चैत महिनाभित्रै विमानस्थलको धावनमार्गको छेउका कामहरू सम्पन्न हुनेछन्। साथै, निर्माण कार्यको पूरा भएपछि, रातको समयमा विमानस्थल बन्द नहुने पनि प्राधिकरणले जनाएको छ।

उडान तालिकामा पनि परिवर्तन हुने र कम्तीमा दुई नयाँ वायुसेवाले नेपालमा थप उडान शुरु गर्ने संभावना रहेको विमानस्थल प्रशासनले जानकारी दिएको छ।

एशियाली विकास बैंकसँग सहुलियतपूर्ण ऋण सहयोग लिएर १५ अर्ब रुपैयाँको लागतमा विमानस्थलको स्तरोन्नति कार्य अघि बढाइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x