Date

मङ्ल, चैत्र १८, २०८१
Tue, April 1, 2025

नेप्सेमा नयाँ व्यवस्था: अन्तिम १५ मिनेटको भारित औसत मूल्यलाई अन्तिम मूल्य मान्ने नियम लागू

नेप्सेमा नयाँ व्यवस्था: अन्तिम १५ मिनेटको भारित औसत मूल्यलाई अन्तिम मूल्य मान्ने नियम लागू

काठमाडौं, ७ चैत्र । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सेयर बजारमा हुने अस्वाभाविक मूल्य हेरफेर रोक्न नयाँ नियम लागू गरेको छ। बिहीबार (चैत ७) बाट नेप्सेले अन्तिम १५ मिनेटको कारोबार मूल्यको भारित औसतलाई अन्तिम मूल्य मान्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ।

अबदेखि प्रत्येक कारोबार दिनको अपराह्न २:४५ देखि ३:०० बजेसम्मको मूल्यको भारित औसतलाई सो दिनको अन्तिम कारोबार मूल्य मानिनेछ।

धितोपत्र कारोबार सञ्चालन विनियमावलीको चौंथो संशोधनपछि नेप्सेले यो नयाँ व्यवस्था लागू गरेको हो। यसअघि नेपालमा सेयर बजार बन्द हुँदाको अन्तिम कारोबार मूल्यलाई नै सो दिनको अन्तिम मूल्य मान्ने गरिन्थ्यो। नेप्सेका अनुसार यो नयाँ नियमले बजारमा हुने सम्भावित मूल्य चलखेल रोक्न मद्दत गर्नेछ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x