साताकाे पाँचाै दिन पनि उक्कालेन सेयर बजार, ४ अर्ब ५६ करोडकाे काराेबार

काठमाडाैं, ७ चैत्र । नेपालको सेयर बजारमा आज (बिहिबार) गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.३८ अंकले घटेर २,६६९.७६ विन्दुमा बन्द भएको छ। यो गिरावट ०.४६ प्रतिशतको हो।
आजको कारोबारमा कुल ४ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने ९५ लाख ९९ हजार ३४३ कित्ता सेयर किनबेच भएका छन् । बुधबार ५ अर्ब १४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने ९५ लाख ८३ हजार ८२९ कित्ता सेयर किनबेचभएकाे थियाे ।
बजारमा आज ६२ कम्पनीको सेयर मूल्य बढेको छ, भने १७५ कम्पनीको सेयर घटेको छ र ७ कम्पनीको मूल्य भने स्थिर रह्यो।
यस दिन कुनै पनि सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छैन भने डाेल्टि पावरकाे सेयर मुल्य ७.५३ प्रतिशतले बढेको छ ।
यस्तै आज मिथिला लघुवित्त वित्तिय र भुगेल इन्रजि डेभलाेपममाेन्टकाे सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।