Date

बुध, चैत्र १९, २०८१
Wed, April 2, 2025

प्रधानमन्त्री ओलीद्धारा युवाहरूलाई उद्यमशील बनाउन स्टार्टअप ऋण सहायता कार्यक्रमको घोषणा

प्रधानमन्त्री ओलीद्धारा युवाहरूलाई उद्यमशील बनाउन स्टार्टअप ऋण सहायता कार्यक्रमको घोषणा

काठमाडाैं, ७ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशील बनाउन स्टार्टअप ऋण सहायता कार्यक्रमको घोषणा गरेका छन्। उनले यस वर्ष कम्तीमा पाँचसय उद्यमीलाई कर्जा प्रवाह गरिने जानकारी दिएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले सिर्जनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै स्टार्टअपमा आधारित उद्यमशीलता विकासका लागि सहुलियत व्याजदरमा कर्जा प्रवाह गर्ने कार्यक्रमको छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको बताए।

प्रधानमन्त्री ओलीले स्वदेशमै उत्पादन र उत्पादकत्व विस्तार गरी आन्तरिक रोजगारीको दीगो आधार तयार गर्ने उद्देश्यले सरकारले हालै राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सम्पन्न गरेको जानकारी पनि दिए। उनले भने, “नेपालमा रोजगारी प्राप्त गर्न सकिन्छ भन्ने विश्वास दिलाउन सरकारले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।” साथै, मुलुकमा औद्योगिक लगानीको वातावरण सुधार गर्ने र स्वदेशी तथा विदेशी लगानीलाई प्रोत्साहन गर्दै व्यापार घाटा न्यूनीकरणका लागि विभिन्न नीतिगत सुधार र व्यवसाय मैत्री कानूनी कदमहरू चालिएको बताएका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x