Date

मङ्ल, चैत्र ११, २०८१
Tue, March 25, 2025

वरिष्ठ पत्रकार बस्नेतको पार्थिव शरीरमा पार्टीको झन्डा, अन्त्येष्टिको तयारी

वरिष्ठ पत्रकार बस्नेतको पार्थिव शरीरमा पार्टीको झन्डा, अन्त्येष्टिको तयारी

काठमाडौं, ९ चैत्र। वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको ७९ वर्षको उमेरमा निधन भएको छ। हृदयाघातका कारण आज बिहान काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको निधन भएको हो ।

गोरखापत्र संस्थान र राष्ट्रिय समाचार समितिको पूर्वअध्यक्ष समेत रहेका बस्नेतप्रति कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहसहितका नेताहरुले श्रद्धाञ्जली दिए । शनिबार कांग्रेस पूर्वमहामन्त्री सिंह, उपसभापति धनराज गुरुङसहितका नेताले पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली दिएका हुन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी बस्नेतलाई बिहीबार राति घरमै हृदयाघात भएपछि अस्पताल भर्ना गरिएको थियो।

उनको अन्त्येष्टि शनिबार दिउसो नै पशुपतिस्थित आर्यघाटमा गरिने भएको छ । बस्नेतका श्रीमती, एक छोरा र एक छोरी छन् । बस्नेत नेपाली कांग्रेसमा रहेर विभिन्न चरणका आन्दोलनहरुमा सहभागिता जनाएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x