Date

मङ्ल, चैत्र १८, २०८१
Tue, April 1, 2025

साताकाे पहिलाे दिन ५४.६२ अंकले घट्याे नेप्से

साताकाे पहिलाे दिन ५४.६२ अंकले घट्याे नेप्से

काठमाडाैं, १० चैत्र । नेपालको सेयर बजारमा आज (आइतबार) भारी गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५४.६२ अंकले घटेर २,६१४.६८  विन्दुमा बन्द भएको छ। यो गिरावट २.०४ लप्रतिशतको हो।

आजको कारोबारमा कुल ६ अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने १ कराेड २३ लाख ७१ हजार २८० कित्ता सेयर किनबेच भएका छन् ।  गत बिहिबार ४ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने ९५ लाख ९९ हजार ३४३ कित्ता सेयर किनबेच भएकाे थियाे ।

बजारमा आज १३ कम्पनीको सेयर मूल्य बढेको छ, भने २३० कम्पनीको सेयर घटेको छ र ० कम्पनीको मूल्य भने स्थिर रह्यो।

यस दिन कुनै पनि सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छैन भने कुथेली बुखारी साना जलविद्युतकाे सेयर मुल्य ८.७२ प्रतिशतले बढेको छ ।

यस्तै आज मिथिला लघुवित्त वित्तिय काे सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सबै उपसुचकहरू घटेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x