Date

बुध, चैत्र १२, २०८१
Wed, March 26, 2025

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय

काठमाडौं, १० चैत्र। नेपाली काङ्ग्रेसले संविधानको पक्षमा दृढताका साथ उभिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधानमार्फत नै जनताका आवश्यकता र समस्या सम्बोधनलाई ध्यान दिने निर्णय गरेको पार्टीका प्रवक्ता प्रकाशशरण महतले बताए ।

उनले भने, ‘नेपाली काङ्ग्रेस पार्टीको कार्यसम्पादन समिति बैठक आज सम्पन्न भएको छ । यसले  विविध विषयहरुमा छलफल गरेको छ । सर्वप्रथम नेपाली कांग्रेस पार्टीको कार्यसम्पादन समिति बैठकले सार्वभौम नेपाली जनताद्वारा निर्वाचित संविधानसभाबाट बनेको संविधानको रक्षामा पूर्ण प्रतिवद्धताको जुन गणतान्त्रिक संघीय संविधान बनेको छ यसप्रति पूर्ण प्रतिवद्धता जाहेर ग¥यो । संविधानमार्फत नै जनताका आवश्यकता र समस्या र महत्वाकांक्षालाई सम्बोधन गर्न सकिने निर्णय गरेको छ ।’

साथै गणतान्त्रिक मोर्चाको पक्षमा पनि काङ्ग्रेस नरहेको उनले बताए । बैठकले स्ववियु निर्वाचनमा नेविसंघबाट निर्वाचितहरूलाई बधाइ तथा शुभकामना व्यक्त गरेको समेत महतले बताए ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x