Date

शनि, कार्तिक २९, २०८२
Sat, November 15, 2025

मेट्रो रेल संचालनका लागि डिपिआर तयार पार्न कम्पनी छनोट कार्य अन्तिम चरणमा

मेट्रो रेल संचालनका लागि डिपिआर तयार पार्न कम्पनी छनोट कार्य अन्तिम चरणमा

काठमाडौं,८ साउन । नागढुंगादेखि धुलिखेलसम्म मेट्रो रेल संचालनका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न लगानी बोर्ड कम्पनी छनोटको कार्य अन्तिम चरणमा पुगेको छ । ग्लोबल टेन्डरमार्फत नागढुंगा–धुलिखेल खण्डमा मेट्रो रेल संचालनका लागि डिपिआर तयार पार्ने कम्पनीको आशयपत्र माग गरेको बोर्डले हाल बोर्डमा परेका आशयपत्रमाथि मुल्यांकन भैरहेको भन्दै केही दिन भित्र डिपिआर तयारका लागि कम्पनी छनोट गरिने बताएको छ । ३७ किलोमिटर लामो यस खण्डको डिपिआर तयार पार्न विभिन्न देशका २३ आशयपत्र परेको र त्यसमध्ये ६ वटा छनौट गर्न अन्तिम चरणमा पुगेको बोर्डका प्रवक्ता उत्तमभक्त वाग्ले जानकारी दिएका छन् । बोर्डले ३० दिनको म्याद राखी जेठ पहिलो साता इच्छुक कम्पनीहरुलाई आशयपत्र प्रस्ताव पेश गर्ने गरी बोलपत्र आह्वान गरेको हो । काठमाडौंमा मेट्रो संचालनका लागि रुट–२ मा नागढुंगा–कलंकी–कोटेश्वर–धुलिखेलसम्मको रुट पर्दछ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *