राष्ट्रिय प्रशारणमा जोड्न नसक्दा उत्पादित बिद्युत प्रयोगविहिन

रसुवा, ८ साउन । जिल्लाको सबै भन्दा उच्च भागमा रहेको लाङटाङको क्यान्जिङमा उत्पादित बिद्युत दश महिना देखि पूर्ण प्रयोग हुन सकिरहेको छैन । उत्पादन सुरु गरेको आयोजनाले १०० किलोवाट उत्पादित बिद्युत राष्ट्रिय प्रशारण लाईनमा जोड्न नसक्दा  बिद्युत दश महिना बाट खेर गएको हो ।

उत्पादित बिद्युत लाङटाङ,मुन्दुम,सिन्दुम तथा क्यान्जिङका दुई सय सोह् घरले प्रयोगमा ल्याउदा करिब बीस किलो वाट मात्र खपत हुने र बाँकि असि किलोवाट सबै प्रयोगविहन बनेको विद्युत गृह्यमा कार्यरत कर्मचारीको भनाइ छ ।

संस्थाले नेपाल बिद्युत प्राधिकरण संग बिद्युत खरिद सम्झौता गरे पनि खपद हुन नसकेको त्रीयासी किलो वाट बिद्युत राष्ट्रिय ग्रिडमा जोडिन करिब पचास किलोमिटरको दुरीमा रहेको चिलिमे जलबिद्युत केन्द्र सम्म पुराउनु पर्ने भए पनि त्यस तर्फ सरोकारवाला निकायले व्यवास्था गर्दै आएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *