Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

गंगामाया अधिकारीको खातामा सरकारको १ करोड

गंगामाया अधिकारीको खातामा सरकारको १ करोड

काठमाडौं,८ साउन । सरकारले गंगामाया अधिकारीसँग भएको सम्झौता अनुसार १ करोड रुपैयाँ दिएको छ । सरकारका तर्फबाट  २०७१ मा तत्कालिन कानुनमन्त्री नरहरि आचार्यले सम्झौता गरे पनि हालसम्म सो कार्यन्वयन भएको थिएन । हिजो सरकारले २०७१ सालमा भएको सम्झौताअनुसार उनको खातामा १ करोड जम्मा गरिदिएको हो ।कृषि विकास बैंकमा खोलिएको उनको खातामा सरकारले २०७१ देखि हालसम्मको अवधिमा प्राप्त हुने ब्याजस्वरूप १९ लाख ६३ लाखसमेत जम्मा गरिदिएको हो। अनशनकै क्रममा ६ असोज २०७१ मा उनका पति नन्दप्रसाद अधिकारीको निधन भएको थियो । नन्दप्रसादको निधनपछि तत्कालीन सरकारले गंगामायासँग पाँचबुँदे सहमति गरेको थियो । छोराको हत्यामा संलग्नलाई सजायको माग गर्दै आमरण अनशन बस्दै आएकी गोरखा फुजेलकी अधिकारीलाई १० दिन अघि विगतमा भएको समझौता कार्यन्वयन गर्ने गरी  सरकारले अनशन तोडाएको थियो।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x