Date

बुध, चैत्र १२, २०८१
Wed, March 26, 2025

इभी गाडीलाई प्रोत्साहन गर्नुपर्छ : मन्त्री राई

इभी गाडीलाई प्रोत्साहन गर्नुपर्छ : मन्त्री राई

इटहरी,  ११ चैत्र  । कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई(पिके)ले विद्युतीय माध्यमबाट संचालन हुने सवारीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन् ।

सोमबार इटहरीमा एक स्वरुमको उदघाटन गर्न आएका मन्त्री राईले आफू मन्त्री भएर आएर पनि कार्यलयमा आवश्यक साधन खरिद गर्दा विद्युतीय माध्यमकै सवारी साधन खरिद गर्न निर्णय गराएको स्मरण गराए ।

मन्त्री राईले जलबायु परिवर्तनको सामना गरिरहेका मुलुकहरुका लागि विद्युतीय गाडी परिवर्तनलाई निराकरण गर्नका लागि महत्वपूर्ण सावित हुनेमा विश्वास व्यक्त गरेका छन् ।

‘हाम्रा हिमालहरु काला भइसकेको अवस्था छ, वातावरणमा प्रदूषण बढीरहेको रहेको छ । हामीले हाम्रो पानीको सदुपयोग गरेर उत्पादीत विद्युतबाटै प्रदुषणरहित सहर र वातावरण बनाउन सक्छौं,’ उनले भने ।

कार्यक्रममा इभी प्रयोगकर्ताहरुले मर्मत सम्भारका साथै सरकारी चार्जिङ स्टेसनलाई व्यवस्थित गर्दै अपग्रेट गर्दै जानुपर्नेमा जोड समेत दिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x