सरकारको निर्णयविरुद्ध अदालत जाने तयारीमा कुलमान

काठमाडौं, १२ चैत्र। विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ अदालत जाने भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कुलमानलाई हटाएर हितेन्द्र देव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषदको निर्णय सञ्चारमाध्यमबाट थाहा पाएको बताउँदै घिसिङले आधिकारिक पत्र प्राप्त भए पछि अदालत जाने निर्णयमा पुगेको बताए ।