Date

बुध, चैत्र १२, २०८१
Wed, March 26, 2025

अर्थ सहित संघीय संसद अन्तर्गत तीन समितिको बैठक बस्दै

अर्थ सहित संघीय संसद अन्तर्गत तीन समितिको बैठक बस्दै

 

काठमाडौं, १२ चैत्र।  आज प्रतिनिधि सभा अन्तर्गततीन समितिको बैठक बस्ने भएको छ ।

मंगलबार अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समिति गरेर तीन समितिको बैठक बस्न लागिएको हो ।

आज अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौँदा प्रतिवेदन उपर छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ भने सार्वजनिक लेखा समितिको बैठकमा हुलाकी, वि.पी र अरनिको राजमार्ग लगायतका राष्ट्रिय राजमार्गहरुको वर्तमान अवस्थाबारे छलफल गर्ने कार्यसूची रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x