आज सुनको मूल्य घट्यो, चाँदीको मूल्य स्थिर

काठमाडाैं, १२ चैत्र । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यमा फेरि गिरावट आएको छ। गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्य यसदिन पनि निरन्तरता पाएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँ घटेर एक लाख ७३ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार, छापावाल सुनको मूल्य एक लाख ७३ हजार पाँच सय रूपैयाँ थियो।
तर, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार प्रतितोला एक हजार नौ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी आज पनि त्यहि मूल्यमा किनबेच भइरहेको छ।
यसरी, सुनको मूल्य घट्दै गएपनि चाँदीको मूल्य स्थिर रहनु भने बजारमा चासोको विषय बनेको छ।