Date

बुध, चैत्र १२, २०८१
Wed, March 26, 2025

कुलमानको वर्खास्तप्रति रविको असन्तोष भन्छन् – ‘ बलिरहेको बत्ति निभाएर मैन बत्ति बाले ‘

कुलमानको वर्खास्तप्रति रविको असन्तोष भन्छन्  – ‘ बलिरहेको बत्ति निभाएर मैन बत्ति बाले ‘

काठमाडौं, १२ चैत्र।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णयप्रति साङ्केतिक विरोध गरेका छन् ।

मन्त्रिपरिषद्को बैठकबाट उक्त निर्णय भएपछि सोमबार राति फेसबुक लाइभमा आएर उनले साङ्केतिक विरोध गरेका हुन् ।

लामिछानेले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै क्याप्सनमा ‘कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छ्न् !’ भनेका छन । जहाँ उनले बलिरहेको बत्ति निभाएर मैन बत्ति बालेका छन् । लामिछानेले कुनै भिडियोमा कुनै प्रतिक्रिया भनेका दिएका छैनन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयको प्रतिपक्ष दलका शिर्ष नेताबाट विरोध भएको छ । कुलमानलाई पदबाट हटाउने सरकारको निर्णयको सत्तारुढ दलबाटै पनि विरोध सुरु भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x