बैंकिङ प्रणालीमा अधिक तरलता व्यवस्थापनको लागि २५ अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं १७ चैत्र । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि २५ अर्ब रुपैयाँ तान्ने भएको छ ।
अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। उक्त निक्षेप संकलनको आजै निष्कासन हुने समेत बैंकले जनाएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप संकलनको साँवा ब्याज आगामी बैशाख ७ गते परिपक्व हुनेछ ।
यस निक्षेप संकलन केन्द्रीय बंँक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।