Date

मङ्ल, चैत्र १८, २०८१
Tue, April 1, 2025

आईपीओ निष्कासननको लागि सानिमा लिमिटेडले बोलायो विशेष साधारण सभा

आईपीओ निष्कासननको लागि सानिमा लिमिटेडले बोलायो विशेष साधारण सभा

काठमाडौं १७ चैत्र । आइपीओ निष्कासनको तयारीमा रहेको सानिमा लिमिटेडले उक्त प्रस्ताव स्वीकृत गर्न आगामी ३१ गते आइतबार विशेष साधारण सभा बोलाएको छ ।

कम्पनीले आह्वान गरेको उक्त सभा काठमाडौंको धुम्बाराहीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि शुरू हुनेछ।

सभाका लागि शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने, कम्पनीको जारी पुँजी वृद्धि गर्ने, कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेस हुने भएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x